लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ ई को दोस्रो अधिवेशन सम्पन्न

812
Shares

काठमाडौं ।

विश्वको सबैभन्दा ठूलो स्वयमसेवी संस्था लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ ई को दोस्रो अधिवेशन सम्पन्न भएको छ। नयाँ नेतृत्व चयन गर्दै चैत्र २४ गते काठमाडौंको बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा दोस्रो वार्षिक अधिवेशन सम्पन्न भएको हो।

अधिवेशनबाट लायन बर्ष २०२४/२०२५ को लागि डिस्ट्रिक्ट गभर्नर पदमा लायन रामसरन बस्नेत, प्रथम भाईस गभर्नर पदमा लायन हिरा प्रसाद गुप्ता र दोस्रो भाईस गभर्नर पदमा लायन श्याम कुमार यादव निर्वाचित भए।

आवश्यकता परेको ठॉउमा सबैभन्दा पहिला पुग्ने लायन सदस्यहरु नेपालमा १५ वटा जिल्लामा ४५००० भन्दा बढी सदस्यहरु क्रियासिल छन। एक बर्षको कार्यकाल रहेको यस संस्था संयुक्त राष्ट्रसंघ बाट मान्यता प्राप्त हो।

लायन्स अन्तर्राष्ट्रीयका पूर्व अन्तर्राष्ट्रीय निर्देशक लायन ई. संजय खेतानको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा सेवा र सदस्यताको क्षेत्रमा महत्वपूर्ण योगदान गरेका लायनहरुलाई सम्मान पनि गरिएको छ।

तिलगंगाको प्रांगणबाट झॉकी सहित शुरू भएको प्रभातफेरीमा बगीमा डिस्ट्रिक्ट गभर्नर लायन हरि प्रसाद दाहाललाई नगर परिक्रमा गरिएको थियो।

डिस्ट्रिक्ट भरिमा ११२ क्लबबाट क़रीब ५०० जना प्रतिनिधि सहभागी भएर दोस्रो जिल्ला अधिवेशन सम्पन्न भएको लायन्सले जनाएको छ।