आर्सनल र बायर्न म्युनिख बराबरीमा रोकिए



काठमाडौं ।

युइएफए च्याम्पियन्स लिग अन्तर्गत आर्सनल र बायर्न म्युनिख बराबरीमा रोकिएका छन्। च्याम्पियन्स लिग क्वाटरफाइनलको पहिलो लिग अन्तर्गतको खेलमा आर्सनल र बायर्न म्युनिख २-२ गोलको बराबरीमा रोकिएका हुन्।

आर्सनलको घरेलु मैदानमा सम्पन्न खेलमा बायर्नका लागि फेर्गी ग्नाब्री र ह्यारी केनले एक एक गोल गरेका थिए। त्यस्तै आर्सनलका लागि बुकायो साका र लीन्द्रो ट्रोसार्डले एक एक गोल गरेका थिए। अब क्वाटरफाइनलको दोस्रो लेग अप्रिल १८ मा बायर्न म्युनिखको घरेलु मैदानमा हुने छ।

प्रतिक्रिया दिनुहोस्