चलचित्र संघको पदाधिकारी चयन

126
Shares

काठमाडौं ।

फिल्मसँग सम्बन्धित सबैभन्दा जेठो र पुरानो संगठन नेपाल चलचित्र संघको केही अघि सम्पन्न निर्वाचनबाट नरेन्द्र महर्जनको अध्यक्षतामा नवनिर्वाचित कार्यसमितिको पदाधिकारी विभाजन गरिएको छ।

विधानअनुसार नवनिर्वाचित अध्यक्ष नरेन्द्र महर्जनले निर्वाचित सदस्यहरूबाट विभिन्न पदमा पदाधिकारी नियुक्त गरेका हुन्। यसअनुसार प्रथम उपाध्यक्षमा गोपाल कायस्थ, द्वितीय उपाध्यक्षमा कपिलप्रसाद द्वा र तृतीय उपाध्यक्षमा ओमप्रकाश जैसी, महासचिवमा सुरेन्द्रकुमार थापा, उपमहासचिवमा दिप्रश शाक्य र कोषाध्यक्षमा वान सिनेमाजका प्रज्ज्वल राणा पदाधिकारी नियुक्त भएका छन्।

त्यसैगरी , सदस्यमा देवेन्द्र खड्गी, राजकुमार श्रेष्ठ, गोविन्दबहादुर शाही, छविराज ओझा, नीरज गुप्ता, करण श्रेष्ठ, आशिष तामाङ, मिजास पोखरेल र महेन्द्र नारायण श्रेष्ठ चुनिएका छन्। नवनियुक्त पदाधिकारीलाई सोमबार नै अध्यक्ष मर्हजनले सपथ गराए।