खुसीको खुसीका रंङहरू

1.69k
Shares

काठमाडौं

गायिका खुसी थुलुङ राईले हालै राजधानीमा आयोजित एक कार्यक्रमबीच नयाँ गीति एल्बम खुसीका रंङहरू सार्वजनिक गरेकी छन्।

कार्यक्रममा एलबमसँगै त्यसमा संगृहित प्रेमको अर्थ बोलको गीतको भिडियो पूर्वसंस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले सार्वजनिक गरेका हुन्।

‘म गीत\संगीत धेरै बुझ्दिनँ, तर राम्रो स्वर भएका, कला भएका सर्जकलाई प्रोत्साहन गर्न उपस्थित हुन्छु। यसमा खुसी बहिनीको स्वर निकै सुमधुर छ,’ पूर्वमन्त्री किराँतीले भने।

गायिका खुसीले आफ्नो पहिलो गिती एलवम् सार्वजनिक कार्यक्रममै पाएको माया, हौसला र प्रतिक्रियाले अगाडि बढ्न प्रेरित गर्ने बताइन्। उनले एल्बममा आठ गीत संगृहित भए पनि पहिलो गीत प्रेमको अर्थमात्र सार्वजनिक गरेकी हुन्।

गीतमा क्रान्ति सुब्बाको शब्द रचना र हरि लम्सालको संगीत रहेको छ। गीतको भिडियोमा रुक्मान लिम्बू र करिश्मा श्रेष्ठले अभिनय गरेका छन्। मोडल लिम्बूले गीतको भावलाई पर्दामार्फत प्रस्तुत गर्ने कोसिस गरेको बताए।

‘गीत सुनेपछि यसको दृश्य तयार गरिएको हो। गीतले एक जोडीको कथा पेस गरेको छ। जहाँ केटाले केटीलाई माया गरे पनि केटीले स्वीकार्न सकेकी हुँदिनन्, तर केटाको निस्वार्थ भावले केटी प्रेममा पर्छिन्’, मोडल लिम्बूले भने।