सहकारीबाट लाखौँ जनता ठगिएका छन्, पछि हट्नु हुँदैन: देउवा

210
Shares

काठमाडौं ।

नेपाली कांग्रेस सहकारी प्रकरणको मुद्दा उठाउने विषयमा पछि नहट्ने भएको छ। मंगलबार बसेको संसदीय दलको बैठकमा सभापति शेरबहादुर देउवाले सहकारी मुद्दाबाट पछि नहट्ने स्पष्ट गरेका हुन्।

सभापति देउवाले धेरै जनता सहकारीबाट ठगिएको बताउँदै यस मुद्दालाई यतिकै छोड्न नहुने बताएका हुन्। उनको भनाइलाई उद्धृत गर्दै एक नेताले भने- लाखौँ जनता ठगिएका छन्। यो मुद्दालाई यतिकै छोड्नु हुँदैन। कानुन पनि छ र उपलब्ध प्रमाणहरू गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न पर्याप्त छन्।’

आजै बसेको कांग्रेस संसदीय दलको बैठकले सहकारी प्रकरणको मुद्दालाई झन् सशक्त रूपमा उठाउने निर्णय गरेको छ।