आईपीएलमा आज पञ्जाव र हैदरावाद भिड्दै

126
Shares

काठमाडौं ।

इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज पञ्जाव किंग्स र सनराइजर्स हैदरावादबीच खेल हुँदै छ। मुल्लान्पुरमा हुने यो खेल नेपाली समय अनुसार राति ७: ४५ बजेदेखि सुरु हुने छ।

जारी आईपीएलमा पञ्जाव र हैदरावादले ४-४ खेलमा २-२ जित र २-२ खेलमा हार बेहोरेका छन्। हैदरावाद अस्ट्रेलियाका कप्तान प्याट कमिन्सको नेतृत्वमा आईपीएल खेल्दै छ।

त्यस्तै पञ्जावको कप्तानी शिखर धवनले गरिरहेका छन्। आईपीएलमा पञ्जाव २०१४ मा उपविजेता बनेको थियो। यो नै उसको अहिलेसम्मको उत्कृष्ट प्रदर्शन हो। हैदराबाद अङ्क तालिकामा पाँचौँ र पञ्जाब छैटौँ स्थानमा छ।