बझाङमा पनि माओवादीले एमाले उम्मेदवारलाई सघाउने, उम्मेदवारी फिर्ता लिइँदै

1.6k
Shares

बझाङ ।

बझाङमा हुने उपचुनावमा पनि नेकपा माओवादी केन्द्रले नेकपा एमालेका उम्मेदवारलाई सघाउने भएको छ। त्यसका लागि बझाङमा नेकपा माओवादीको बैठक बसिरहेको र केही समयमा यसबारे निर्णय हुने माओवादीका प्रदेश अध्यक्ष हरि चौधरीले जानकारी दिए।

उनका अनुसार आगामी उपचुनावका लागि माओवादीले बझाङमा जनक बुढाले दिएको उम्मेदवार फिर्ता गराइ एमाले उम्मेदवार दमनबहादुर भण्डारीलाई सघाउने औपचारिक निर्णय लिँदै छ।

उम्मेदवारी फिर्ता लिनका लागि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बझाङ पार्टीलाई निर्देशन दिएका थिए। आगामी १५ वैशाखमा बझाङको प्रदेशसभा-१ मा उपचुनाव हुँदै छ।

यसअघि इलाम-२ मा हुने उपचुनावमा पनि माओवादीले एमालेलाई सघाउने निर्णय लिएको थियो।