कर्णालीको मुख्यमन्त्रीमा दाबी पेस गर्दै एमाले नेता कँडेल

1.69k
Shares

सुर्खेत ।

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा आज नेकपा एमाले संसदीय दलका नेता यामलाल कँडेलले दाबी पेस गर्ने भएका छन्। कर्णाली सरकारको मुख्यमन्त्रीको लागि दाबी पेस गर्ने आज अन्तिम दिन हो।

प्रदेश प्रमुख तिलक परियारले नयाँ सरकार गठनका लागि दिएको म्याद आज सकिँदै छ। नेकपा माओवादी केन्द्रबाट मुख्यमन्त्री बनेका राजकुमार शर्माले गत  चैत २१ गते राजीनामा दिएपछि प्रदेश प्रमुख परियारले नयाँ सरकारका लागि दाबी पेस गर्ने आजसम्मको समय दिएका थिए।

४० सदस्यीय कर्णाली प्रदेश सभामा नयाँ सरकार गठनका लागि २१ जना प्रदेश सभा सदस्यको समर्थन आवश्यक पर्दछ। जसका लागि नेकपा माओवादी केन्द्रको १३, एमालेका १० र एकीकृत समाजवादीको १ सहित २४ सिटको स्पष्ट बहुमत रहेको छ।