कांग्रेसले विष्णुदेवी पुडासैनीलाई राष्ट्रियसभा उपाध्यक्षको उम्मेदवार बनाउने

1.32k
Shares

काठमाडौं ।

नेपाली कांग्रेसले राष्ट्रियसभाको उपाध्यक्षमा विष्णुदेवी पुडासैनीलाई उम्मेदवार बनाउने भएको छ। आज बसेको कांग्रेस संसदीय दल कार्यसमितिको बैठकले पुडासैनीलाई राष्ट्रियसभा उपाध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको हो।

राष्ट्रिय सभामा रिक्त रहेको उपाध्यक्ष पदको निर्वाचन यही चैत २८ गते हुँदैछ। उर्मिला अर्यालले उपाध्यक्षबाट राजीनामा दिएपछि उक्त पदमा निर्वाचन हुन लागेको हो।

सत्तारुढ दलहरुले राष्ट्रिय सभा उपाध्यक्ष निर्वाचनमा सहकार्य गर्ने तयारी गरेका छन्। माओवादी केन्द्रले राष्ट्रियसभा अध्यक्ष पाएकाले उपाध्यक्षमा नेकपा एमाले र नेकपा एकीकृत समाजवादीले दाबी गर्दै आएका छन्।

राष्ट्रिय सभा उपाध्यक्ष पदका लागि आज मनोनयन दर्ताको कार्यक्रम छ ।