डा. रञ्जितले राजेश पायलसँगै ल्याए हाम्रो देश



काठमाडौं ।

चिकित्सक गायक डा. रञ्जितकुमार झा र गायक राजेशपायल राईको संयुक्त स्वरमा नयाँ देशभक्तिपूर्ण गीत हाम्रो देश हालै म्युजिक भिडियोसहित सार्वजनिक भएको छ।

गीतमा डा. रञ्जितकै शब्द तथा संगीत रहेको छ भने एरेन्ज महाराज थापाले गरेका छन्। गीतमा देशभक्तिले ओतप्रोत शब्द सुन्न सकिन्छ। जसले हरेक नेपालीलाई नेपाली भएकोमा गौरवान्दित महसुस गराउँछ। गीतमाथि निर्मित भिडियोमा हिमालपहाड र तराईका विभिन्न स्थान, जातजाति र भाषाभाषीका नागरिकको दृश्य समावेश गरिएको छ।

डा. रञ्जितको साथमा धन खालिको परिकल्पना रहेको भिडियोमा धनको सम्पादन रहेको छ। गीतको भिडियो रञ्जितकुमार झा युट्युब च्यानलमार्फत सार्वजनिक भएको छ।

चिकित्सक पेसामा आबद्ध उनले सो पेसाका साथ गायन, संगीत सिर्जना तथा रचनाजस्ता संगीतका विभिन्न विधालाई पनि सँगै अगाडि बढाउँदै आएका छन्।

प्रतिक्रिया दिनुहोस्