वेस्ट इन्डिज क्रिकेट टोली पहिलो पटक नेपाल आउँदै

770
Shares

काठमाडौं ।

आईसीसी टी-२० विश्वकप २०२४ अघि नेपालले वेस्ट इन्डिजको ‘ए’ क्रिकेट टिमसँग सिरिज खेल्ने भएको छ। नेपालले वेस्ट इन्डिज ‘ए’  टिमसँग टी-२० विश्वकपको तयारीका लागि घरेलु मैदानमा पाँच खेलको टी-२० सिरिज खेल्न लागेको हो।

सिरिजका लागि वेस्ट इन्डिज पहिलो पटक नेपाल आउँदै छ। नेपाल क्रिकेट सङ्घ (क्यान)ले सोमबार साँझ वेस्ट इन्डिज ‘ए’ले २५ अप्रिलदेखि ५ मेसम्म नेपालको भ्रमण गर्ने जानकारी दिएको हो।

नेपाल र वेस्ट इन्डिजबीच पहिलो खेल अप्रिल २७ मा हुनेछ। यसपछि दोस्रो अप्रिल २८, तेस्रो मे १, चौथो मे २ र पाचौँ मे ४ मा हुनेछ। सबै खेल काठमाडौंस्थित त्रिवि क्रिकेट मैदानमा हुने क्यानले जनाएको छ।

हाल नेपाली क्रिकेट टिम ओमानमा अप्रिल १२ देखि २१ सम्म हुने एसीसी प्रिमियर कपको तयारी मा रहेको छ।