नेपाली टोलीले विश्वकपमा लगाउने नयाँ जर्सी सार्वजनिक



काठमाडौं ।

आइसिसी टी–२० विश्वकप क्रिकेटमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले प्रयोग गर्ने नयाँ जर्सी सार्वजनिक भएको छ।

नेपाल क्रिकेट सङ्घ (क्यान)द्वारा सोमबार आयोजित पत्रकार सम्मेलनमा युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ र राखेप सदस्य सचिव टङ्कलाल घिसिङले संयुक्तरुपमा नेपालको नयाँ जर्सी सार्वजनिक गरेका हुन्।

नेपालको नयाँ जर्सीमा रातो, हल्का सेतो र नीलो रङ्ग मिश्रित गरिएको छ भने दुवै काँधमा नेपालको झण्डा अङ्कित रहेको छ। त्यस्तै जर्सीको तल्लो भागमा सगरमाथा अङ्कित छ भने छातीको एक भागमा प्रयोजकको लोगो र अर्को भागमा क्यानको लोगो रहेको छ।

टी-२० विश्वकपमा विभिन्न २० टोलीको सहभागिता रहेको छ। जसलाई समूह ए, बि, सि र डि गरी चार समूहमा विभाजन गरिएको छ। नेपाल भने समूह डि मा रहेको छ।

नेपालको समूहमा दक्षिण अफ्रिका, श्रीलङ्का, बङ्गलादेश र नेदरल्यान्डस् छन्। त्यस्तै समूह ए मा आयोजक अमेरिकासहित भारत, पाकिस्तान, आयरल्यान्ड र क्यानडा छन् भने समूह बी मा इङ्ग्ल्यान्ड, अस्ट्रेलिया, नामिबिया, स्कटल्यान्ड र ओमान छन्।

त्यस्तै समूह सी मा न्युजिल्यान्ड, वेस्ट इन्डिज, अफगानिस्तान, युगान्डा र पपुवा न्युगिनी छन्। हरेक समूहका शीर्ष दुईमा रहने दुई टोली सुपर आठमा पुग्नेछन्। नेपालले विश्वकपमा दोस्रो पटक सहभागिता जनाउन लागेको हो। यसअघि नेपालले सन् २०१४ मा विश्वकप खेलेको थियो।

प्रतिक्रिया दिनुहोस्