श्रेष्ठ र  डंगोललाई क्रियाशील पत्रकारिता पुरस्कार

112
Shares

धादिङ ।

धादिङमा रहेर २०६७ सालदेखि निरन्तर क्रियाशील  पत्रकार अर्जुन श्रेष्ठ र राजाराम डंगोल पुरस्कृत भएका छन् ।

 प्रेस चौतारी नेपाल जिल्ला समिति धादिङले प्रदान गरेको प्रेस चौतारी क्रियाशील पत्रकारिता पुरस्कार–२०७९ बाट श्रेष्ठ पुरस्कृत भएका हुन् । यसै गरी प्रेस चौतारी क्रियाशील पत्रकारिता पुरस्कार–२०८० बाट डंगोल  पुरस्कृत भएका छन् ।

नागरिकको सूचनाको हक एवं अभिव्यक्ति स्वतन्त्रता रक्षाका लागि उल्लेखनीय योगदान पुर्याउदै आएको भन्दै क्रियाशील पत्रकारिता पुरस्कार प्रदान गरिएको हो ।
श्रेष्ठ हाल नयाँ पत्रिका राष्ट्रिय दैनिकका जिल्ला संवाददाता, रेडियो धादिङका कार्यक्रम संयोजक र नेपालपथ डटकमका सम्पादनक हुन् ।पुरस्कृत  राजाराम डंगोल कृषि  रेडियो कार्यक्रम संयोजक र टोलटोलको खबर डटकमको संचालक हुन् ।

पुरस्कृत श्रेष्ठ र डंगोललाई नगदसहित सम्मान–पत्र र दोसल्ला ओडाएर सम्मान गरिएको हो ।

नेकपा एमाले केन्द्रीय सदस्य तथा धादिङ इन्चार्ज धर्मदत्त देवकोटाले पत्रकारहरुलाई सम्मानपत्रसहित दोसल्ला ओडाएर सम्मानित गर्दै राम्रो काम गर्नेलाई पुरस्कृत गरेकोमा धन्यवाद दिए । एमालेले देशको विकास खाकासहित समृद्ध धादिङको खाका बनाएको बताए ।

कार्यक्रम प्रेस चौतारी धादिङका अध्यक्ष राजन सिलवालको अध्यक्षतामा भएको थियो ।