सहकारी प्रकरणमा छानबिन समिति बनाउनुपर्ने कांग्रेसको अडान कायमै

238
Shares

काठमाडौं ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठनको अडान कायम राखेको छ।

सोमबार सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको शीर्ष नेताको बैठकले सहकारी ठगीमा जोडिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठनको अडान कायम राख्ने निर्णय गरेको प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए।

साथै कांग्रेसले मंगलबार संसदीय कार्यसमिति र संसदीय दलको बैठक बसेर थप निर्णय गर्ने समेत उनले जानकारी दिए। कांग्रेसले संसदीय छानबिन समितिको माग गर्दै अब बस्ने संसद् बैठक अवरुद्ध गर्ने चेतावनी दिएको छ।

संसद्को अर्को बैठक मंगलबार बिहान ११ बजेका लागि बोलाइएको छ। यसैबीच कांग्रेसको चेतावनीपछि सभामुख देवराज घिमिरेले आजै प्रधानमन्त्रीसहित शीर्ष चार दलका नेताहरूसँग छलफल गर्दै छन्।