आज घोडेजात्रा, काठमाडौं उपत्यकामा सार्वजनिक बिदा

238
Shares

काठमाडौं ।

आज काठमाडौं उपत्यकामा घोडेजात्रा पर्व मनाइँदै छ। हरेक वर्ष चैत कृष्ण औँसीका दिन विभिन्न कार्यक्रम गरी घोडेजात्रा पर्व मनाउने गरिन्छ। यो पर्व विशेषगरी काठमाडौं उपत्यकामा मनाउने चलन छ।

घोडेजात्रा गरी गुरुमापाको आत्मालाई घोडाको टापले कुल्चाएर दबाउने गरिएको विश्वासमा टुँडिखेलमा घोडा दौडाउने गरिन्छ। नेपाली सेनाले आज टुँडिखेलमा अश्वकला, मोटरसाइकल खेल, शारीरिक व्यायाम, युद्धकला लगायतको प्रदर्शन गर्दै छ।

घोडेजात्राको अवसरमा सरकारले आज उपत्यकामा सार्वजनिक बिदा दिएको छ।