नेपाली टोलीका बलर प्रशिक्षकमा इस्टविक नियुक्त

658
Shares

काठमाडौं ।

नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीको बलिङ प्रशिक्षकका रूपमा वेस्ट इन्डिजका ६३ वर्षीय रोड्रीक इस्टविक नियुक्त भएका छन्।

नेपाल क्रिकेट संघ (क्यान) ले आइतबार पूर्व फास्ट बलरलाई बलिङको जिम्मा दिएको हो। आईसीसी टी–२० विश्वकपको तयारीको लागि उनलाई बलिङ प्रशिक्षक नियुक्त गरिएको हो।

रोड्रीकसँग क्षेत्रीय टोलीसँग काम गरेको अनुभव छ। स्विङ र पेसको अनुभव समेत रहेका उनले बलिङ प्रशिक्षकको रूपमा विभिन्न अन्तर्राष्ट्रिय टोलीसँग काम गरेका छन्।