आईपीएलमा आज चेन्नई र कोलकाता भिड्दै

5.45k
Shares

काठमाडौं ।

इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज चेन्नई सुपर किंग्स र कोलकाता नाइट राइडर्सबीच खेल हुँदै छ। चेन्नईमा हुने यो खेल नेपाली समय अनुसार राति ७: ४५ बजेदेखि सुरु हुने छ।

जारी आईपीएलमा चेन्नईले ४ खेलमा २ जित र २ हार बेहोरेको छ भने कोलकाताले अपराजित रहँदै तीन खेल लगातार जितेको छ।

यस सिजनमा महेन्द्र सिंह धोनीले चेन्नईको कप्तानी छोडेपछि रुतुराज गायकवाडले कप्तानी गर्दै छन्। त्यस्तै कोलकाता श्रेयस अय्यरको कप्तानीमा आईपीएल खेल्दै छ।