प्रदेश र केन्द्रको पुनः संरचना अपरिहार्य : चन्द्र भण्डारी 



बुटवल। 

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद चन्द्र भण्डारीले स्थानीय तहलाई नचलाई प्रदेश र केन्द्रको पुनः संरचना गर्न जरुरी रहेको बताएका छन् । केन्द्र र प्रदेशमा यति धेरै सांसद, मन्त्री र कर्मचारी आवश्यक छैन, तलब जति जनप्रतिनिधि र कर्मचारीमा खर्च भएपछि विकास निर्माण कसरी हुन्छ ?’ उनको प्रश्न थियो ।
नेता भण्डारीले आवश्यकताभन्दा धेरै जनप्रतिनिधि र कर्मचारी भएका कारण विकास निर्माणका लागि बजेट नपुगेको बताउँदै संघ र प्रदेशमा जनप्रतिनिधि र कर्मचारी संख्या आधा घटाउनुपर्ने प्रस्ताव दोहो¥याए । भण्डारीले ३६ हजार जनप्रतिनिधिलाई १८ हजारमा र एक लाख कर्मचारीलाई ५० हजारमा झार्नुपर्ने तर्क गरे ।

आइतबार बुटवलमा प्रेस युनियनले गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता भण्डारीले केपी ओलीले गरेको संसद भंगको निर्णयलाई आत्म साथ गरेको भए देशमा दुई ठूला पार्टी काँग्रेस र एमालेमात्रै शक्तिमा रहने दाबी गरे । नेता भण्डारीले काँग्रेसले हिजो पनि गल्ती गरेको र अहिलेसम्म त्यसलाई नसच्याएको बताए ।
अहिले सरकार बनाउन धेरै दलको साथ खोज्नुपरेको छ, त्यो बेला चुनावमा गएको भए धेरै समस्या हुने थिएन, साना दलको अवस्था अहिलेको ठाउँमा रहने थिएनन् भने ।

संविधानले सिंहदरबारको अधिकार स्थानीय तहसम्ममा ल्याइएको, महिला, दलित, मधेशी, पछाडि पारिएका समुदायका लागि समावेशी समानुपातिक सहभागिता सुनिश्चित भएको तर नागरिकको अवस्थामा परिवर्तन नहुँदा र रोजगारीका लागि विदेश पलायनले आम जनतामा निराशा छाएको सांसद भण्डारीले बताए ।

प्रतिक्रिया दिनुहोस्