ताराले ल्याइन् जे पायो त्यही



काठमाडौं ।

गीतकार तारा अधिकारीले आफैँले रचेको नयाँ गीत जे पायो त्यही को म्युजिक भिडियो सार्वजनिक गरेकी छन्।

गीतमा लेखु सहयात्रीको संगीतमा आशिष अविरल र अस्मिता अधिकारीको स्वर रहेको छ। गीतको भिडियोमा आष्मा विश्वकर्मा, सरोज अधिकारी र विजय अधिकारी (कार्टुन क्रु) को अभिनय रहेको छ।

सान थापाको निर्देशन रहेको भिडियोमा अर्जुन तिवारीको छायांकन र मिलन विश्वकर्माको सम्पादन रहेको छ भने कोरियोग्राफी राजिव समरको रहेको छ।

गीतलाई सुनौलो ताराले बजारमा ल्याएको हो। गीतकार अधिकारीका दर्जनौं लोकप्रिय गीत बजारमा आइसकेका छन्। उनले विभिन्न राष्ट्रिय अवार्ड पनि चुमेकी छिन्।

प्रतिक्रिया दिनुहोस्