उपनिर्वाचनका उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

56
Shares

काठमाडौं ।

उपनिर्वाचनअन्तर्गत आज उम्मेदवारको विरोधमा उजुरी दिन सकिने निर्वाचन आयोगले जनाएको छ। निर्वाचन आयोगका अनुसार त्यसका लागि आज बिहान १० बजेदेखि ३ बजेसम्मको समय निर्धारण गरिएको छ।

साँझ ५ बजे आयोगले उम्मेदवारको मनोनयन पत्र र उजुरी उपर जाँचबुझ गरी निर्णय गर्ने जनाइएको छ। आयोगले सार्वजनिक गरेको कार्य तालिका अनुसार अनुसार चैत २६ गते साँझ ५ देखि साँझ ६ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन हुने छ।

चैत २७ गते उम्मेदवारको नाम फिर्ता, उम्मेदवारको अन्तिम नामावली प्रकाशन तथा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने कार्यक्रम तय गरिएको छ।

आगामी वैशाख १५ गते बिहान ७ देखि साँझ ५ बजेसम्म मतदान हुनेछ। इलाम–२ र बझाङ प्रदेश– १ मा आयोगले उपनिर्वाचन गर्ने तयारी स्वरूप पक्रिया सुरु गरेको हो ।