रणविर कपुरको रामायणको सुटिङ सुरू

182
Shares

एजेन्सी ।

नितेश तिवारीको फिल्म रामायणको छायांकन सुरु भएको छ। कलाकारहरुको सेट र लुक्ससँग सम्बन्धित तस्विरहरु सामाजिक सञ्जालमा भाइरल भइरहेका छन्।

रणवीर कपूर अभिनित यो फिल्मको सुटिङ मुम्बईमा भइरहेको छ। जहाँ अयोध्याको विशाल सेट बनाइएको छ। लारा दत्त, अरुण गोभिल र शीबा चड्डा जस्ता कलाकारहरू सेटमा पूरा पोशाकमा देखिएका छन्।

नितिशले छिट्टै रामायणको छायांकन सुरु गर्ने खबर धेरै दिन देखि आइरहेको थियो। जसको पहिलो भागमा भगवान रामको बाल्यकालको भाग खिचिनेछ। रणवीर कपुर यस सुटिङ शेड्युलको हिस्सा नहुने बताइएको छ।