राजेशपायलको सम्बन्धविच्छेद



लोकप्रिय गायक राजेशपायल राईको सम्बन्ध विच्छेद भएको छ।
गायक राई र उनकी पत्नी साङबुङ राईबीच हालै कानुनीरूपमा सम्बन्ध विच्छेद भएको हो। स्रोतका अनुसार केहीअघि पारपाचुकेका लागि मुद्दा दायर गरेका उनको गत चैत १५ गते काठमाडौं जिल्ला अदालतमा सम्बन्ध विच्छेद भएको हो।

न्यायाधीश पद्मराज पाण्डेको एकल इजलासले सम्बन्ध विच्छेदको फैसला गरेको हो। जिल्ला अदालतले पत्नी साङबुङ र छोरा सायरेमलाई ५० लाख रुपियाँ , नक्सालको एक आना, एक पैसा, तीन दाम क्षेत्रफलको घर पत्नीलाई दिन र छोराको उमेर १८ वर्ष नपुग्दासम्म मासिक १५ हजार रुपियाँ मानाचामल भराउन आदेश दिएको छ।

राजेशपायल र साङबुङको दुई वर्षअघि विवाह दर्ता भएको थियो।
बुधबार राति मदिरा सेवन गरी होहल्ला गरेको आरोपमा पक्राउ परेका गायक राईलाई प्रहरीले बिहीबार रिहा गरेको थियो।

प्रतिक्रिया दिनुहोस्