द एज ब्यान्ड धरान कन्सर्टमा



युवा पुस्तामाझ लोकप्रिय सांगीतिक समूह द एज ब्यान्डले भोलि शनिबार धरानमा कन्सर्ट दिने भएको छ।
ब्यान्ड प्रजापति संगीत समारोह द एज लाइभ इन धरानमा प्रस्तुत हुन लागेको हो। द एजको सम्झिने मुटु , थाहा छैन, नचाहेको हैन, तिम्रो याद, मेरो आँशुलगायत गीत लोकप्रिय छन्।

२४ वर्षअघि पहिलो एल्बम निकालेर चर्चामा आएको ब्यान्डमा मुख्य गायक जीवन गुरुङ रहेका छन्। कन्सर्टमा धरानको लासोज ब्यान्डलगायत स्थानीय डान्स सेन्टरको नृत्यसमेत रहनेछ।

धरान रंगशालाको तल्लो मैदानमा आयोजना हुने सांगीतिक कार्यक्रम बांझागरा एकता युवा क्लब, धरान –१५ को आयोजना तथा सिल्भर इन्टरटेनमेन्टको व्यवस्थापनमा हुन लागेको हो।

प्रतिक्रिया दिनुहोस्