जीबी राई गृहमन्त्रीको सम्पर्कमा छन् : विश्वप्रकाश शर्मा

2.63k
Shares

काठमाडौं ।

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गृहमन्त्री रवि लामिछानेलाई संसदीय समितिको छानबिन समितिमा अबको बहस गर्ने चेतावनी दिएका छन्।

प्रतिनिधि सभाको बैठकमा बोल्दै महामन्त्री शर्माले सहकारी प्रकरणमा गृहमन्त्रीमाथि संसदीय छानबिन समितिको विकल्प नरहेको बताएका हुन्।

सहकारी ठगीमा रास्वपाका अन्य नेताहरू पनि संलग्न भएको विषय बाहिर आएको बताउँदै आम जनताको ८० करोड रकम हिनामिना गरिएको बताए। साथै महामन्त्री शर्माले जीबी राईलाई नेपाल ल्याउन ढिलाइ गरेको आरोप लगाएका छन्। उनले राई गृहमन्त्रीको सम्पर्कमा रहेको समेत दाबी गरेका छन्।

उनले भने- ‘राई मलेसियामा छन् दुनियाँलाई थाहा छ। मलेसियाको कानुन पनि हेर्नुहोला। जीबी राईलाई ल्याउने कुरामा के कुराले ढिलाइ भयो। मैले आरोप लगायो नभनौँ तर हामीले पाएको सूचना अनुसार उहाँ गृहमन्त्रीको सम्पर्कमा हुनुहुन्छ।’