काठमाडौं ।
पनौती नगरपालिका काभ्रे पलान्चोकले तेक्वान्दो खेलका अन्तर्राष्ट्रिय रेफ्री दीपेन्द्र ढकाललाई बिदाइ गरेको छ। स्पेनमा तेक्वान्दो खेलाउन जान लागेका ढकाललाई पनौती नगरपालिकाका प्रमुख रामशरण भण्डारीलगायतले उनलाई बिदाइ गरेका थिए।
ढकालले स्पेनको एलिकान्तेमा संचालन हुने स्पेनिस ओपन विश्व वरीयता जी वान च्याम्पियनसिपमा निर्णायकको भुमिका निर्वाह गर्नेछन्।
यही चैत २३ गतेदेखि २५ गतेसम्म उक्त प्रतियोगिताका लागि युरोपियन तेक्वान्दो युनियनबाट निर्णायक मण्डलमा एसियाबाट ढकाल छनोटमा परेका हुन् । उनले एसियाबाट प्रतिनिधित्व गर्नेछन्।
ढकालले हालै उज्बेकिस्तानको टान्सकेट शहरमा सम्पन्न भएको २०२४ पेरिस ओलम्पिकको अन्तर्राष्ट्रिय रेफ्री छनोट तालिममा समेत सहभागिता जनाएका थिए। यसै चैतमा स्पेनको एलिकान्टेमा भएको विश्व वरीयता जीटु तेक्वान्दो च्याम्पियनसिपमा पनि उनी उत्कृष्ट निर्णायक भएका थिए।











प्रतिक्रिया