काठमाडौं ।
प्रतिनिधि सभाको बैठक आज पनि बस्दै छ। आजको बैठक बिहान ११ बजेदेखि सुरु हुने सङ्घीय संसद् सचिवालयले जानकारी दिएको छ।
आजको बैठकमा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले सङ्घीय निजामती सेवा विधेयक प्रस्तुत गर्ने तालिका छ भने कृषिमन्त्री ज्वालाकुमारी शाहले कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको प्रतिवेदन सहितको खाद्य स्वच्छता तथा गुणस्तर विधेयकलाई प्रस्तुत गर्ने तालिका रहेको छ।
प्रतिक्रिया