साई-फाई जोम्बी थ्रिलरको लाइनअप पूरा

56
Shares

काठमाडौं ।

प्रदीप शाहीको निर्देशनमा बन्ने साई–फाई जोम्बी थ्रिलर फिल्मको लाइनअप पूरा भएको छ। फिल्ममा प्रदीप खड्का, विजय लामा, बेनिशा हमाल, सुनिल थापा, राज उप्रेती र कविता नेपाली प्रमुख भूमिकामा रहने जानकारी निर्माण पक्षले दिएको छ।

अभिनेत्री दिया पुन विशेष भूमिकामा रहने फिल्ममा नृत्य रियालिटी शो बुगीबुगीको नेपाली संस्करणकी प्रथम विजेता कविता नेपालीले डेब्यु गर्न लागेकी छन्।

फिल्मको नाम तय नभइसकेको फिल्ममा कथा पनि निर्देशक प्रदीप शाहीकै रहनेछ। प्रदीपको यो साई–फाई जोम्बी थ्रिलर विधागत हिसाबको पहिलो नेपाली फिल्म हो। साई प्रोडक्सन नेपालको ब्यानरमा निर्माण हुने फिल्ममा ह्याम्साएर एकाउन्टेनको सहकार्य रहनेछ।