छोराको जन्मदिनमा रितिकको पत्नी र प्रेमिकाको खुशी



काठमाडौं ।

हालै बलिउड अभिनेता रितिक रोशनले आफ्नो छोरा रिहानको १८ औं जन्मदिन मनाएका छन्। गोवामा आयोजना गरिएको भव्य बर्थ डे पार्टीमा रितिकका परिवारजन, साथीभाइ तथा आफन्तको सहभागिता थियो।

त्यतिमात्र नभई उनकी प्रेमिका सबा आजाद पनि सामेल थिइन्। रितिक र पूर्वपत्नी सुजैनले राखेको पार्टीमा सहभागी भएकी सबाले इन्स्टाग्राममा आफूलाई पार्टीमा निम्तो दिएकोमा सुजैनलाई धन्यवाद दिँदै स्टोरी राखेकी छन्।

सो स्टोरीमा उनले भनेकी छन्, ‘आजसम्मकै सबैभन्दा राम्रो समयका लागि धन्यवाद।’ उता रितिककी पूर्वपत्नी सुजैनले पनि आफ्नो र सबाको तस्वीर स्टोरीमा राख्दै खुशी व्यक्त गरकी छिन्।

जसमा उनले भनेकी छन्, ‘तिम्रो मायाका लागि धन्यवाद साबु।’ तस्वीरमा उनीहरू दुवैले अंगालो हालेर एकअर्काप्रति माया दर्शाएको देखिन्छ।

सन् २००० मा विवाह गरेका रितिक र सुजैन सन् २०१४ मा छुट्टिएका थिए। तर, सम्बन्ध विच्छेदपछि पनि उनीहरूको भेटघाट बाक्लै देखिने गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

आफ्ना दुई बच्चालाई आमाबाबुको मायाको अभाव महसुस हुन नदिन बच्चाका साथ घुम्न पनि निस्किइरहेका हुन्छन्। सम्बन्ध विच्छेदको आठ वर्षपछि रितिकको अभिनेत्री सबासँगको प्रेम सम्बन्ध बाहिरिएको हो।

उनीहरूले सन् २०२२ मा आधिकारिक रूपमा प्रेम सम्बन्धबारे मुख खोलेका थिए। हाल रितिक ५० वर्षका भए भने सबा ३८ वर्षकी छिन्।

प्रतिक्रिया दिनुहोस्