बद्रीबहादुरको गीत सार्वजनिक



काठमाडौं ।

निर्माता निर्देशक शोभित बस्नेतद्वारा निर्देशित फिल्म बद्रीबहादुको गीत मेरो जीवन रिलिज गरिएको छ।

कमेडी फ्लेवरमा तयार पारिएको गीतको भिडियोमा प्रमुख कलाकार जयकिशन बस्नेत, छुल्ठिम गुरुङ, राजीवजंग बस्नेत र एलिना गुरुङ फिचर्ड छन्।

आगामी २३ गते रिलिज हुने फिल्मको गीतमा उजन नेम्वाङको स्वर, शब्द र संगीत छ। फिल्ममा जयकिसन बस्नेत, एलिना गुरुङ, छुल्ठिम गुरुङ, राजीवजंग बस्नेत, धिरेन शाक्य, उत्तम केसी, वर्षा चौलागाईं र निर्देशक शोभित बस्नेत स्वयं देखिएका छन्।

फिल्मको एक गीतमा अभिनेता सलोन बस्नेत र अभिनेत्री पूजा शर्मासमेत फिचर्ड छन्। फिल्ममा टंक बुढाथोकी र उजन नेम्वाङको संगीत, रामकाजी घिमिरे लेखन, शंकर महर्जनको द्वन्द्व निर्देशन र समीर मिया“को सम्पादन रहेको छ।

प्रतिक्रिया दिनुहोस्