धादिङ ।
धदिङको खनियाबास गाउँपालिका वडा नम्बर २ थलिमा शनिवार साझा परेको चट्याङमा परेर दुई जना घाइते भएका छन् । हावाहुरी, असिनापानीसंगै परेको चट्याङले केही घरमा समेत क्षति पुगेको छ ।
चट्याङका कारण ५२ वर्षीय नोर्मु तामाङ र ४० वर्षीय कान्छीमाया तामाङ घाइते भएका छन्। घाइतेमध्ये नोर्मुको अवस्था गम्भीर रहेको छ । घाइतेको उपचारका लागि क्यूङ सामुदायिक स्वास्थ्य इकाईबाट स्वास्थ्यकर्मी पठाइएको र घटनास्थलमै उपचार भइरहेको वडा अध्यक्ष अरुणकुमार तामाङले बताए ।
चट्याङबाट सोही ठाउँका कान्छा तामाङको घरमा पूर्ण रुपमा क्षति पुगेको छ ।
केन्द्रीय विद्युत् प्रसारण लाइनबाट वितरित विद्युत् लाइनमा चट्याङ परेपछि विद्युत् सेवा समेत अवरुद्ध छ । गाउँमा विद्युत् तार चुँडिएकाले मर्मत गर्नका लागि समेत समस्या छ ।
विद्युत् तारमा परेको चट्याङबाट अन्य चार घरका मानिसलाई समेत करेन्टको झड्का लागेका ले र सामान्य घाइते भएका छन् । थली क्षेत्रमा रहेको १० घरमा रहेको सोलार सिस्टम , डिसहोम, टेलिभिजनमा समेत क्षति पुगेको छ । सोलार , विद्युत् वायरिङ, टेलिभिजन भने क्यूङमा समेत क्षतिपुगेको वडा अध्यक्ष पाख्रिनले बताए ।
यसअघिको वर्षमा पनि थली गाउँ क्षेत्रमा चट्याङ परेर रामसिंह तामाङको मृत्यु भएको थियो ।
क्षतिको विवरण सङ्कलन भइरहेको पाख्रिनको भनाई छ ।