श्रीखण्ड तरुमुल महाविहारले गर्‍याे नवनियुक्त मन्त्री बज्राचार्यको सफलताको कामना

224
Shares

काठमाडौं । 

बसन्तपुरस्थित काठमाडौंको सबैभन्दा पूरानो र ऐतिहासिक श्रीखण्ड तरुमुल महाविहारले बागमति प्रदेशको नवनियुक्त संस्कृति, पर्यटन तथा सहकारी मन्त्री शैलेन्द्र बज्राचार्यलाई कार्यकालको सफलताको कामना गर्दै शनिबार सगुन दिई बधाई ज्ञापन गरेको छ । सगुन कार्यक्रममा नवनियुक्त मन्त्री बज्राचार्यले बागमति प्रदेशलाई संस्कृति र पर्यटनको क्षेत्रमा अघि बढाउन सबैको साथ र सहयोग मिल्ने विश्वास व्यक्त गर्दै भन्नुभयो– ‘अब बोल्ने होइन, काम गर्ने समय आएको छ ।

यहाँहरूको साथ र सहयोगको खाँचो छ । हामी मिलेर अघि बढ्यौ भने असम्भव केही पनि छैन ।’ कार्यक्रममा महाविहारका सदस्य ई. दिल्लीरत्न शाक्यले उहाँको कार्यकाल नेवाः संस्कृतिको उत्थान गर्दै पर्यटन विकासमा सफल रहोस् भन्ने कामना गर्दै भन्नुभयो– ‘श्रीखण्ड तरुमुल महाविहारको कूलपुत्र बागमति प्रदेशको संस्कृति, पर्यटन तथा सहकारी मन्त्रीमा नियुक्त हुनुभएको छ ।

अब उहाँलाई यथाशक्य सहयोग गर्नु हाम्रो पनि कर्तव्य हुन आउँछ ।’ हाम्रो नेपाली पार्टीका संसदीय दलका नेता बज्राचार्य बिहीबार बागमति प्रदेशको सरकारमा सहभागी भएसँंगै मुख्यमन्त्री शालिकराम जम्कट्टेल नेतृत्वको सरकारले पुनः बहुमत प्राप्त गरेको छ ।

गत मंगलबार हनेपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै नेकपा (माओवादी केन्द्र) नेतृत्वको सरकार अल्पमतमा परेको थियो । माओवादी केन्द्र, एमाले र नेकपा (एकीकृत समाजवादी) पार्टीसँगै २ सिटे हानेपाले पनि ५ बुँदे सहमति गरेर सरकारमा सहभागिता जनाएको हो । यसैबीच मुख्यमन्त्री शालिकराम जम्कट्टेलले चैत १९ गते तेस्रो पटक विश्वासको मत लिनुहुने भएको छ ।