पूर्वराजा ज्ञानेन्द्र शाह जुम्ला जाँदै



काठमाडौँ ।

पूर्वराजा ज्ञानेन्द्र शाह जुम्ला जाने  भएका छन्  । कर्णाली प्रदेश भ्रमणको क्रममा पूर्वराजा शाह , पूर्वरानी कोमलसहित आफन्त र परिवार जुम्ला जाने कार्यक्रम रहेको छ ।

यस्तै पूर्वराजा ज्ञानेन्द्र २१ गते नेपालगन्ज जाने र २४ गते जुम्लामा आयोजना हुने नागरिक अभिनन्दन कार्यक्रममा सहभागी हुने भएका छन्।  । स्रोतका अनुसार २१ गते नेपालगन्ज स्थित होटल सोल्टीमा बस्ने र २४ गते जुम्ला जाने कार्यक्रम रहेको छ । हिन्दु राज्य र राजतन्त्रको माग गर्दै शान्तिपूर्ण आन्दोलन चलाइरहेको राप्रपा नेपालकोसमेत निम्तो मान्न ज्ञानेन्द्र परिवार जुम्ला जान लागेका हुन् ।

 एकदिनको जुम्ला बसाईको क्रममा पूर्वराजा ज्ञानेन्द्रले चन्दननाथ मन्दिरकोसमेत दर्शन गर्ने  कार्यक्रम रहेको छ । जुम्ला भ्रमणको चाजोपाजो राप्रपा जुम्लाका सांसद ज्ञानेन्द्र शाहीले गरेका हुन् । जुम्लासहित कर्णाली प्रदेशका विभिन्न जिल्ला भ्रमण गरी पूर्वराजा ज्ञानेन्द्र परिवार वैशाख २ गते काठमाडौँ फर्किने कार्यक्रम रहेको छ ।

पूर्वराजा ज्ञानेन्द्र परिवारको नयाँवर्ष २०८१ नेपालगन्जमा मनाउने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्