वसन्तपुरमा होलीको उमङ्ग (फोटो फिचर )

882
Shares

काठमाडौँ। 

काठमाडौँको वसन्तपुरमा हर्षोल्लासपूर्वक होली मनाइएको छ। वसन्तपुरमा आज मानिसहरू जम्मा भएर एक अर्कामा रङ दलेर खुसीयाली साटासाट गर्दै  हर्षोल्लासपूर्वक होली मनाएका हुन्।

वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने प्राचीन परम्परा छ।

आज पहाडी जिल्लामा र भोलि तराईका जिल्लामा होली खेलेर यो पर्व मनाउने गरिन्छ। असत्यमाथि सत्यको विजयको प्रतीक, पारिवारिक एवं सामाजिक एकताको पर्वका रूपमा पनि यो पर्व मनाउने प्रचलन छ।

 

तस्बिर : अनिल आङ्देम्बे