ह्याम्स अस्पतालले पायो ‘बेष्ट म्यानेज्ड हस्पिटल अफ दि इयरको  अवार्ड

140
Shares

काठमाडौँ।

ह्याम्स अस्पतालले ‘वेस्ट म्यानेज्ड हस्पिटल अफ दि इयर अवार्ड’ पाएको छ।

न्यू बिजनेश एज प्रलिले आयोजना गरेको ‘न्यूबिज बिजनेस् कन्क्लेभ एण्ड अवार्ड’को आठौं संस्करणमा ह्याम्स अस्पताललाई ‘वेस्ट म्यानेज्ड हस्पिटल अफ दि इयर अवार्ड’ प्रदान गरिएको हो।

तयसगरी कार्यक्रममा विभिन्न ११ विधामा अवार्ड प्रदान गरिएको थियो। जसमा १० ओटा संस्थागत विधा थिए भने  एउटा लाइफटाइम एचिभमेन्ट अवार्ड रहेको थियो।

अन्य विधामा ‘वेस्ट म्यानेज्ड कम्पनी अफ दि इयर’, ‘वेस्ट म्यानेज्ड होटल अफ दि इयर’, ‘वेस्ट म्यानेज्ड हस्पिटल अफ दि इयर’, ‘वेस्ट म्यानेज्ड कमर्सियल बैंक अफ दि इयर’, ‘वेस्ट डेभलपमेन्ट बैंक अफ दि इयर’, ‘वेस्ट फाइनान्स कम्पनी अफ दि इयर’, ‘वेस्ट लाइफ इन्स्योरेन्स कम्पनी अफ दि इयर’ र ‘वेस्ट ननलाइफ इन्स्योरेन्स कम्पनी अफ दि इयर’ विधामा अवार्ड वितरण गरिएको थियो रहेका थिए।

विभिन्न क्षेत्रका विज्ञ सम्मिलित स्वतन्त्र निर्णायक मण्डलले चरणबद्ध मूल्यांकनपछि अवार्ड पाउने संस्था र व्यक्ति छनोट गरिएको आयोजकले जनाएको छ।