‘जल वायुको असर न्यून गर्न साझा धारणा आवश्यक’


काठमाडौँ ।

जलवायु परिवर्तन विश्वव्यापी रुपमा आज जटिल समस्याका रुपमा रहेको र यसबाट पृथ्वीको पर्यावरण चक्रमै गम्भीर क्षति पुगिरहेको चर्चा गरिएको छ ।

नेपालजस्ता अग्ला हिमश्रृङकलाको काखमा रहेको भूपरिवेष्टितदेखि माल्दिभ्सजस्ता जलवेष्टित देशसमेत जलवायू परिवर्तनको असरबाट कुनै न कुनैरुपमा प्रभावित रहेको बताइएको छ ।

रक्षा मन्त्रालय र नेपाली सेनाद्वारा ‘जलवायु परिवर्तन र यसले नेपालको सुरक्षामा पार्ने प्रभाव’ विषयक कार्यक्रममा रक्षा मन्त्रालयका सचिव किरणराज शर्माले नेपालमा जलवायु परिवर्तनको असर अन्य मुलुक भन्दा बढी अनुभव गरिएको बताए ।

उनले भने, “हिमाल दुई अर्बभन्दा बढी मानिसको स्वच्छ पानीको भण्डार हो, तर आज जलबायु परिवर्तनलेकालो पत्थर र रित्ता टयाङकिमा परिणत हुने खतरा बढेकोछ । ”

सैनिक कमाण्ड तथा स्टाफ कलेजमा आज आयोजित कार्यक्रममा आयोजित कार्यक्रममा नेपाली सेनाका नेपाली सेनाका बलाधिकृतरथी अशोक सिग्देलले जलवायु परिवर्तनकारण विश्वनै आक्रान्त भइरहेको परिप्रेक्षमा नेपालले पनि यस समस्याकारण ठूलो मूल्य चुकाउन परिरहेको बताए ।

उनले े, ‘जुरेको पहिरो, बारा र पर्साको चक्रपात, मेलम्चीको बाढी जलवायु परिवर्तनकाकारण उत्पन्न प्राकृतिक प्रकोपका उदाहरणका घटना हुन् ।’

जलवायु परिवर्तनको असरबाट देशको आर्थिक, समाजिकलगायत समग्र राष्ट्रिय सुरक्षामा समेत नकरात्मक असर परिरहेको बताउँदै उनले श्रोतको संकुचन, खाद्यान्न उत्पादनमा कमी, प्राकृतिक प्रकोप र महामारीका घटनाले सामाजिक सरचनालाई नै खलबल्याउने विचार व्यक्त गरे ।

कलेजका शिक्षाध्यक्ष तथा उपरथी बाबुराम श्रेष्ठले सम्पूर्ण विश्व नै तीव्र जलवायु परिवर्तनको चपेटाको असरबाट प्रभावित भइरहेको बताए । उनले भने, “जलवायु परिवर्तन हाम्रो समयको सवैभन्दा ठूलो चूनौतिकारुपमा खडा भएको छ । जसले हाम्रो जीवनको हरेक पक्ष र राष्ट्रिय सुरक्षामा समेत प्रभाव पारिरहेकोछ ।”

जलस्रोतविद्व् दीपक ज्ञावलीले जलबायु परिवर्तनकैकारण हुने चट्याङलगायतका प्राकृतिक प्रकोपका घटनाबाट मुलुकले बर्षेनी ठूलो जनधनको क्षति व्यहोर्नु परेको बताए ।

जलवायु परिवर्तनको असर हिमालमा मात्र नभई कृषि र अन्य क्षेत्रमा समेत परिरहेको बताउँदै उनले वनस्पती लगायतका आफना उत्पादनको प्रयोग प्रोत्साहन गर्दै पेट्रोलियम पदार्थ आयातलाई कम गर्दै लैजानु पर्नेमा जोड दिए ।

यसअघिविषय विज्ञकारुपमा डा. धर्मराज उप्रेती, विष्णुप्रसाद पाण्डे, डा बसन्त अधिकारी, डा.महेश्वर ढकाल, मधुकर उपाध्याय, जलबायु परिवर्तनको असरलाई न्यूनिकरण गर्न अन्तर्राष्ट्रियरुपमा विश्व समुदाय र आन्तरिकरुपमा सरोकारवाला निकायबीच सहकार्य र समन्वय गरी काम गर्न आवश्यक रहेको बताए । उनहरुले जलवायु परिवर्तनको विषय कुनै निकायको मात्र नभई सवैको साझा समस्या रहेकाले संयुक्त प्रयासको खाँचो औल्याउँदै उनहरुले राष्ट्रिय सुरक्षामा यसबाट हुन सक्ने खतराप्रति राज्य संवेदनशील हुन आवश्यक रहेको सुझाव दिए ।

अबको हाम्रा विकास वातावरण, जलवायु, मानव र पशुपन्छी मैत्री हुन आवश्यक रहेको धारणा राख्दै उनहरुले जलवायु परिवर्तन र राष्ट्रिय सुरक्षाको अन्तर सम्बन्धलाई यथोचित सम्बोधन गर्न सरकार र समाजको एउटै दृष्टिकोण रहनु पर्ने विचार प्रकट गरे ।