धादिङमा जताततै डढेलो, निभाउन जाने संरक्षणकर्मीको निधन

2.3k
Shares

धादिङ ।

धादिङका अधिकांश बनमा डढेलो लागेको छ । डिभिजन बन कार्यालयले डढेलो नियन्त्रण कार्यक्रम सञ्चालन गरिरहेको समयमा जिल्ला भर लागेको डढेलोका कारण धादिङकाे आकाश धुवाँले ढाकेको छ।

बेनिघाटराेराङ गाउँ पालिका वडा नम्बर २ ताल्ती जंगलमा लागेको आगो  निभाउन जाँदा एकजना स्थानीय संरक्षण कर्मीको मृत्यु भएको छ । मृत्यु हुनेमा बेनिघाटराेराङ गाउँ पालिका वडा नम्बर २ का ४२ वर्षीय  थान बहादुर थापा मगर रहेको स्थानीय शिक्षक अप्सरा मैनालीले जानकारी दिइन्  ।

जंगलमा आगलागी भएर डढेलो लागेपछि उपभोक्ता संरक्षणकर्मीहरु गएका थिए । थापामगर आगो निभाउन लाग्दा सोही स्थानको भालुखाेप भिरबाट लडेर घाइते भई उपचारका लागि लान लाग्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी सन्तुलालप्रसाद जैसवारले जानकारी दिए ।

आगो  नियन्त्रणका लागि खटिएका थापामगरकाे शवको धादिङ अस्पतालमा पोस्टमार्टम भएको छ।

यसैगरि सलाङ, कुम्पुर, सुनाैलाबजार, नलाङ, कल्लेरी, मुरलीभञ्ज्याङ अादी स्थानका जंगलहरुमा दुई दिनदेखि डढेलो लागेको छ ।
डडेलाेका कारण धादिङकाे आकाश धुवाले ढाकेको  जस्तो अवस्थामा देखिन्छ भने बन कार्यालय भने औपचारिकतामा सीमित छ । ४० भन्दा बढी बनमा डढेलो लागिसकेको छ ।