चोरीको मोटरसाइकलसहित एक जना ट्राफिक प्रहरीको नियन्त्रणमा

1.9k
Shares

काठमाडौँ। 

काठमाaडौँको बुढानीलकण्ठ नगरपालिका २ भंगालबाट आइतबार  चोरीको मोटरसाइकलसहित एक जनालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । काठमाडौँकै चाबहिल बस्ने १८ वर्षीय सक्षम गुरुङलाई नियन्त्रणमा लिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ ।

वास्तविक नम्बर परिवर्तन गरेर बागमती प्रदेश-०२-२७ प ४३ ०३ नम्बर राखी चलाइरहेको अवस्थामा गुरुङलाई आइतबार  साँझ ६ बजे ट्राफिक प्रहरीले फेला पारेको थियो । नियन्त्रणमा आएका गुरुङले उक्त मोटरसाइकल अन्य व्यक्तिबाट लिएको बताएका छन् ।  थप अनुसन्धान तथा कारबाहीका लागि गुरुङलाई प्रहरी वृत्त महाराजगन्ज पठाइएको छ ।

बागमती प्रदेश-०२-०२३ प ०४७२ नम्बरको बुलेट मोटरसाइकल काठमाडौंको टोखा इन्द्रेणीपुलबाट  हराएको भनी मोटरसाइकल धनी धादिङको गंगा जमुना गाउँपालिका ७ का प्रकाश श्रेष्ठले काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा खोजतलासका लागि गत मंसिर २६ गते निवेदन दिएका थिए । प्राप्त निवेदनका आधारमा खोजतलास गर्ने क्रममा मोटरसाइकलसहित गुरुङ नियन्त्रणमा आएका हुन् ।