एकीकृत समाजवादी छोडेको भोलिपल्टै दीपक मनाङे बने मन्त्री 

1.8k
Shares

काठमाडौँ। 

एकीकृत समाजवादी त्यागेर स्वतन्त्र सांसदको हैसियत मागेका राजीव गुरुङ (दीपक मनाङे) मन्त्री बनेका छन् । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मनाङेलाई भौतिक पूर्वाधार मन्त्री नियुक्त गरेका हुन् ।

भौतिक पूर्वाधारमा यसअघि माओवादी केन्द्रकी रेशम जुग्जाली मन्त्री थिए । केन्द्रमा समीकरण फेरिएपछि मुख्यमन्त्री पाण्डेले माओवादी मन्त्रीलाई बर्खास्त गरेर भौतिक र सामाजिक विकास मन्त्रालय आफैँसँग राखेका थिए । सामाजिक विकास मन्त्रालयको जिम्मेवारी भने महेन्द्रध्वज जिसीले पाएका छन् ।

स्वतन्त्र रुपमा उम्मेदवारी दिएर सांसद बनेर नेकपा एकीकृत समाजवादी प्रवेश गरेका मनाङेले पुनः स्वतन्त्र सांसद बनाउन आइतबार प्रदेश सभा सचिवालयमा निवेदन दिएका थिए । त्यसको भोलिपल्टै आज सोमबार उनी मन्त्रि नियुक्त भएका हुन्।

नवनियुक्त मन्त्रीको शपथ आज दिउँसो साढे तिन बजे राखिएको छ।