प्रेममय गीत ‘तिम्रो मायाको सागर’ बजारमा (भिडियोसहित)

2k
Shares

काठमाडौँ। 

सरकारको नीति निर्माण तहमा रहेर राष्ट्रसेवा गरिरहेकी  सहसचिव मनमाया भट्टराई पंगेनीले मनमोहक प्रेमगीत ‘तिम्रो मायाको सागर’ बजारमा ल्याएकी छन् । सरकारी काम भ्याएर फुर्सदको समय उपयोग गर्दै सांगेतिक क्षेत्रमा समेत योगदान दिने उद्देश्यले उनले माया र प्रेमभाव समेटिएको  सो गीत युट्युब मार्फत सार्वजनिक गरेकी हुन् ।

  प्रेमलाई जीवनको अत्यन्तै  महत्त्वपूर्ण अंश ठान्ने जोसुकैलाई पनि सो गीतले मन्त्रमुग्ध पार्छ । तिम्रो मायाको सागर…. भएछ मलाई अपार… । गीतको सुरुवातमा नै मायाको महत्वको गाथा गाइएको छ । यो सुन्दा शुरुदेखि गीत  सुनिरहँु लागिरहन्छ , बढो आनन्द समेत आउँछ ।

 त्यसपछि गाइएको तीमिलाई  राखेर आत्ममा , तिमीलाई राखेर मुटुमा …….तस्वीर राखेर मुटुमा.. भन्ने बोलले जोसुकैलाई पनि मायाप्रेम प्रति अगाध श्रद्धा सिर्जना गराउदै मायाको  भावमा डुवु्ल्की मार्न उद्धेलित गराउँछ । सात मिनेट समयको सो गीत जतिपटक सुन्दा पनि सुनिरहुँ लागिरहन्छ । …पवित्र प्रेम होस लालीमय जीवन, स्वार्थी कहिल्यै नहोस…..एकजुनी होइन, सयौ जुनीमा यो माया वाचिरहोस … भनेर मायालाई अजर अम्मर बनाउन खोजिएको छ । यसैगरि मायाको थप महत्व झल्काउदै गीतमा भनिएको छ …गयौ भने तिमी टाढा, टाढा…अधूरो हुन्छ यो जीवन, नहुनु टाढा भुलेर पनि …..माया विना जीवन सधै अधुरो अपुरो हुन्छ …भन्ने सो भावले प्रेममय जीवन मात्रै सार्थक हुन सक्छ भन्ने सन्देश दिएको छ ।

भावना म्युजिक सोलुसन युट्युब च्यानलमार्फत सार्वजनिक भएको गीतमा पंगेनीकै  शब्द र स्वर छ  भने उनलाई गायक कमल सौरागले साथ दिएका छन् । गायक गायिक दुबैजनाको स्वर नीकै सुरिलो र कर्णप्रिय छ भने दर्शक स्रोतालाई गीत सुन्दा नीकै आनन्द दिलाउँछ । प्रेममय गीत हेर्दा र सुन्दा नीकै रोमाञ्चक अनुभूति हुन्छ ।

कमल सौरागको संगीत रहेको सो गीतको  मिक्सिङमा राजकुमार बगर छन् भने भिडियो निर्देशन मौसम हिमालीको रहेको छ ।
त्यस्तै अभिनयमा कलाकारहरु  विमल अधिकारी र करुणा कार्की रहेका छन् । कलाकारद्धयको अभिनय पनि जीवन्त लाग्छ । सो गीचको  म्युजिक भिडियो राजेश घिमिरेले खिचेका हुन् ।

 नेपाल सरकारको सहसचिव पद नीकै व्यस्त रहनुपर्ने र नीति निर्माण तहमा समेत भुमिका खेल्नुपर्ने पद हो । तर पंगेनीले सरकारी काम सकेर फुर्सदमा सांगेतिक क्षेत्रमा योगदान दिने र यो क्षेत्र आफ्नो  विशेष रुचिको क्षेत्र पनि भएकाले यो क्षेत्रमा पनि समर्पित हुने बताइन् ।

गीतसङ्गीतमा रुचि भएर पनि कार्य व्यस्तताकै  कारण यो पाटो ओझेलमा परेपनि अब भने आफूले समय निकालेर सक्रिय हुने उनको भनाई छ । उनको पहिलो गीतले  नै उनलाई सांगेतिक क्षेत्रमा चर्चामा पु¥याउने विश्वास गरिएको छ । गीतमा पंगेनीको  स्वर सुन्दा कुनै पनि व्यवसायिक गायिकाको भन्दा कम लाग्दैन् ।
गायिक पंगेनीले गीत छोटो समयमा नै लोकप्रिय भइरहेकाले सबैजनाको माया ममता र स्नेह पाइरहेको अनुभूति भएको तथा  यसले भविष्यमा अझ आफूलाई तिखार्ने एवं उत्प्रेरणा र ऊर्जा थपिने बताइन् ।

पंगेनीको पहिलो प्रस्तुतीका रुपमा सार्वजनिक भएको  यो म्युजिक भिडियो यूट्युवमा लोकप्रिय भइरहेको छ ।
निजामती सेवामा एक इमान्दार र स्वच्छ छविको प्रशासकको रुपमा परिचित पंगेनी  ‘इन्टेग्रिटी आइकन नेपाल २०२१’ बाट  सम्मानित कर्मचारी समेत हुन् ।