पलेसा पारा ओलम्पिक्समा छनोट

182
Shares

काठमाडौं।

पलेसा गोबर्धन यसै वर्ष फ्रान्समा हुने पेरिस पारा ओलम्पिक्सको लागि छनोट भएकी छन् । चीनमा जारी पारा ओलम्पिक्सको एसियाली छनोट अन्तर्गत के ४४ महिला ५७ केजीमुनी तौल समूहमा स्वर्ण जितेपछि पलेसाले पेरिस पारा ओलम्पिक्समा खेल्ने तय भएको हो । उनले फाइनलमा इरानकी लेल्ला मिर्जाईलाई पराजित गरेकी हुन् ।

त्यसअघि पलेसाले सेमिफाइनलमा उज्वेकिस्तानकी करिमा मेलिकुजिएभालाई १८–२ ले पराजित गर्दै फाइनलमा स्थान बनाएकी थिइन् । छनोट चरण पार गरेर पारा ओलम्पिकमा छनोट हुने पलेसा पहिलो नेपाली पारा खेलाडी बनिन् । यसअघि ओलम्पिक्सतर्फ तेक्वान्दोकै संगीना वैद्य र दीपक विष्टले पनि छनोट चरण पार गरेर ओलम्पिक खेलेका थिए ।