मैले सुनेको कुरा गलत होस्, आशावादी छु : बालेन

5.7k
Shares

काठमाडौँ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले आफू वर्तमान सरकारप्रति आशावादी रहेको बताएका छन् । शनिबार सामाजिक सञ्जालमार्फत उनले बाहिर विभिन्न हल्ला हुने गरेको उल्लेख गर्दै नयाँ मन्त्रीहरूले सबै पुराना फाइल खोल्दै गरेको आफूले सुनेको बताएका छन्।

आफूले सुनेका हल्ला गलत होस् भन्ने उनको कामना छ ।

“नयाँ मन्त्रीज्यूहरूले सबै पुरानो फाइल खोल्दै हुनुहुन्छ रे, टाइम कम छ, हिसाबकिताब गरेर, गोजी भरेर निस्किनुपर्ने छ रे ! सरकार जति दिन टिक्छ !!,” मेयर बालेनले फेसबुकमा लेखेका छन्, “स्वास्थ्य मन्त्रालयमा भएको एउटा भाइ डाक्टरसाबको कुरा ! मैले सुनेको कुरा गलत होस् ! म आशावादी छु सरकारप्रति !”