देउवा, ओली र प्रचण्डलाई बाबुरामको आग्रह: तपाईंहरु बाँड्नुस्, साना दललाई छाड्दिनुस्

966
Shares

काठमाडौँ।

नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा.बाबुराम भट्टराईले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई मिलेर सरकार चलाउन आग्रह गरेका छन् । प्रा डा एसडी मुनिद्वारा लिखित पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले साना दललाई छाडेर साझा एजेण्डासहित सरकार चलाउन आग्रह गरेका हुन्।

तीन ठूला दल मिलेर सरकार नबने अस्थिर सरकारमात्रै हुने उनको बुझाइ छ । ‘मैले शेरबहादुर, ओली र हाम्रो प्रचण्डजीलाई यसरी हुँदैन तपाईंहरु बाँड्नुस् बरू एक दुई वर्ष कसरी हुन्छ बाँड्नुहोस् साना दललाई छाड्दिनुस् र तपाईंहरु साझा एजेण्डामा अगाडि बढ्नुस् भन्दा मान्नुहुन्न,’– उनले भने ।