करेन्ट लागेर एक जनाको मृत्यु

1.2k
Shares

काठमाडौं ।

ललितपुर महानगरपालिका-२८ हरिसिद्धि कर्मनाशा खोलास्थित खोलामा माछा मार्ने क्रममा एक जनाको करेन्ट लागेर मृत्यु भएको छ।

करेन्ट लागेर गम्भीर घाइते भएका सल्यान कपुरकोट गाउँपालिका-४ घर भएका ४६ वर्षीय चन्द बहादुर एरीको शुक्रबार दिउँसो पाटन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।