मनी ट्रान्सफर सञ्चालकमाथि गोली प्रहार गरेको आरोपमा  तीनजना पक्राउ 

1.6k
Shares

रौतहट  ।

 मनी ट्रान्सफर सञ्चालक माथि गोली प्रहार गरेको आरोपमा पक्राउ परेका तीन जना लाई प्रहरीले शनिवार सार्वजनिक गरेको छ । पक्राउ पर्ने तीनै जना भारतीय नागरिक हुन्  । रौतहटको परोहा नगरपालिका–९ मा रहेको शिव मनी ट्रान्सफरको रकम लुटने क्रममा २६ वर्षीय सञ्चालक नितेश साहमाथि गोलि प्रहार गरेको आरोपमा पक्राउ परेका भारत बिहार राज्य पूर्वी चम्पारण मोतिहारि जिल्ला थाना चिरैया दिपही गाउँ वडानम्बर २ का १९ वर्षीय मुनिफकुमार यादव, १८ वर्षीय राजकुमार पासवान र २० वर्षीय चन्द्रभान सिंह लाई प्रहरीले सार्वजनिक गरेको छ ।

प्रहरीले मनी ट्रान्सफर बाट लुटिएको नगद रकम, मोटरसाइकल, पेस्तोल गोली लगायतका सामान बरामद गरेको छ । गोली प्रहारबाट घाइते भएका नितेशको प्रादेशिक अस्पताल गौरमा प्रारम्भिक उपचार र बाराको परबानीपुरस्थित एलएस न्यूरो अस्पतालमा थप उपचार गरिएको थियो । आँखामा समेत समस्या भएपछि साह लाई थप उपचारको लागि काठमाडौंको तिलगंगा आँखा अस्पताल भर्ना गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटमा आयोजित पत्रकार सम्मेलनमा प्रहरी नायब उपरिक्षक एलिजा गिरीले पक्राउ परेकाहरु लाई ज्यान मार्ने उद्योग, हातहतियार तथा खरखजाना र चोरीसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको जानकारी दिइन्