बनको डढेलो बस्तीमा पस्दा एक करोड ८६ लाख बढीको क्षति

266
Shares

रामेछाप ।

 बिहीबार रामेछाप नगरपालिका ९ राताटार स्थित हरदेनि सामुदायिक बनमा लागेको डढेलो बस्तीमा पस्दा झन्डै २ करोडको क्षति भएको छ । जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार आगोलागिबाट स्थानीयको एक करोड ८६ लाख ३१ हजार बराबरको क्षति भएको छ ।

बनमा लागेको डढेलो हावाहुरीका कारण बस्तीमा छिरेको थियो । डढेलो स्थानीयको घर गोठ र चौपायाको क्षति गरेको रामेछाप प्रहरीले जनाएको छ । बिहीबार दिउसो लागेको आगो स्थानीय प्रहरी सशस्त्र प्रहरी र अग्नि नियन्त्रकको सहयोगमा नियन्त्रणमा लिएको थियो ।

आगोलागिबाट स्थानीय महेशलाल तामाङ ३ लाख ७५ हजार नर बहादुर तामाङको ३ लाख, सर्किनी तामाङको २ लाख ७५ हजार, धन बहादुर तामाङको चार लाख ५० हजार, पूर्ण बहादुर तामाङको २१ लाख ८५ हजार, धनमाया श्रेष्ठको  ५१ लाख ५ हजार, रमेश श्रेष्ठको १५ लाख ९५ हजार, उत्तरकुमारी श्रेष्ठको ३१ लाख २४ हजार, सिताराम नेवारको १६ लाख ७० हजार, मीन बहादुर नेवारको ६ लाख, मानकुमारी नेवारको २७ लाख १२ हजार र बम बहादुर श्रेष्ठको १५ लाख १० बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।  आगोलागिबाट १२ घरपरिवारका ८५ जना विस्थापित भएका छन् । अग्नी पीडितलाई जिल्ला विपद् व्यवस्थापन रामेछापकी संयोजक तथा प्रमुख जिल्ला अधिकारी अनिता निरौलाले शुक्रवार तत्कालको लागि आवश्यक पर्ने खाद्यान्न तथा पाल लगायत अति आवश्यक सामाग्री वितरण गरेकी थिइन् ।

रामेछाप नगरपालिका र मन्थली नगरपालिकाका मेयर उपमेयर प्रमुख प्रशासकीय अधिकृत अग्नि पीडितलाई आफ्नो स्थानीय तहको तर्फबाट छुट्टा छुटै भेटेर आवश्यक खाद्यान्न लगायतका सामाग्री वितरण गरेका थिए  भने नेकपा एमाले रामेछापको तर्फबाट पनि खाद्यान्न सहयोग वितरण गरिएको थियो।

स्थलगत अनुगमन पश्चात् अनेरास्वबियु रामेछापका अध्यक्ष पुष्कर भट्टराइले पनि अग्नि पीडित विद्यार्थीलाई अनेरास्वियु रामेछापको तर्फबाट शैक्षिक सामाग्री वितरण गरिने बताए । त्यस्तै अग्नि पीडितको गुनासो सुन्न शुत्रबार बिहान स्थलगत अनुगमन गर्न पुगेका बाग्मती प्रदेशका सांसद आनन्द श्रेष्ठ पीडितको आवास निर्माणको लागि प्रदेश सरकार समक्ष पहल गर्ने प्रतिबद्धता गरेका थिए ।