अनियमितता सह्य हुन्न: मन्त्री बुढा 

294
Shares

काठमाडौं । 

शहरी विकास मन्त्री धन बहादुर बुढाले आर्थिक अनियमितताको कुरा आफ्नो लागि सह्य नहुने बताएका छन् । उनले पारदर्शी ढंगले काम अघि बढाउने पक्षमा आफू  रहेको  बताउँदै आर्थिक अनियमितताको विषय आफ्नो लागि सह्य हुन नसक्ने बताएका हुन् ।

शहरी विकास तथा भवन निर्माण विभागको निरीक्षण एवं विभागबाट भए गरेका कामको ब्रिफिङ लिने कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री बुढाले भने,‘मन्त्रालयको प्रगति कमजोर अवस्थामा छ, यस आर्थिक वर्षमा कार्यक्रम कार्यान्वयन गर्न समय निकै थोरै छ, हामीले प्रगति हासिल गर्नु पर्छ, परिणाम देखाउने गरी काम गर्नुहोस्, म पूर्ण रुपमा साथ र सहयोग गर्न प्रतिबद्ध छु ।’

सरुवा गर्ने क्रममा आर्थिक चलखेल हुने गरेको आफूले सुनेको बताउँदै यस्ता कार्य पूर्ण रुपमा बन्द गरेर पारदर्शी ढंगले मन्त्रालयलाई अघि बढाउने योजनाको साथ आफू अघि बढ्ने उनले बताए । काम गर्ने क्रममा आइपर्ने नीतिगत समस्या समाधान गर्न आफू तयार रहेको बताउँदै उहाँले  वित्तीय खर्च बढाउने कार्यमा ध्यान दिन कर्मचारीहरुलाई निर्देशन दिए।