पत्रकार केदारलाई भेषकुमारी स्मृति पत्रकारिता पुरस्कार

224
Shares

दोलखा। 

सदरमुकाम चरिकोटबाट प्रसारण हुँदै आएको हाम्रो रेडियो १०३ थोप्लो ४ मेगाहर्जको १७ औ वार्षिक उत्सवको अवसरमा दोलखाका कान्तिपुरकर्मी केदार शिवाकोटीलाई भेषकुमारी स्मृति पत्रकारिता पुरस्कार २०८० बाट पुरस्कृत गरेको छ । कोरोना महामारीको बेला रोकिएको २०७६ को उक्त पुरस्कार दोलखाका कारोबारकर्मी दिलबहादुर केसीलाई प्रदान गरिएको थियो ।

१७ औ वार्षिक उत्सवको अवसरमा दोलखाको पत्रकारिता र रेडियोको अवस्थाको बारेमा स्थानीय पालिकाका प्रमुख, उपप्रमुख, राजनीतिक दलका प्रतिनिधि, पत्रकार र नागरिक समाजका प्रतिनिधिहरुले आफ्ना धारणा राखेका थिए । त्यस अघि रेडियो सञ्चालक समितिका सचिव पत्रकार लक्ष्मण खड्काले हाम्रो रेडियोको स्थापना, तत्कालीन अवस्था र उद्देश्यको बारेमा जानकारी गराएका थिए ।

रेडियो सञ्चालक समितिका अध्यक्ष एवं बागमती प्रदेशका पूर्व मन्त्री विशाल खड्काले लोकतान्त्रिक गणतन्त्रको संरक्षण र दोलाखको विकासको लागि रेडियोकर्मी र नागरिक समाजका प्रतिनिधिहरुको प्रभावकारी भूमिका आवश्यक रहेको उल्लेख गरे ।

कार्यक्रममा जिरी नगरपालिकाका नगरप्रमुख मित्र बहादुर जिरेल, मेलुङ गाँउपालिकाका प्रमुख हिरा कुमार तमाङ, भीमेश्वर नगरपालिकाका उपप्रमुख कमला वस्नेत, मेलुङ गाँउपालिकाका उपप्रमुख गायत्री आचार्य, नेपाली कांग्रेस दोलखाका सभापति बर्मा लामा, नेकपा एमालेका नेता डबल पाण्डे, उपाध्यक्ष राजेन्द्र मानन्धर, नेकपा एकिकृत समाजवादीका अध्यक्ष भीम दहाल, नेकपा माओवादी केन्द्रका सचिव कमल बहादुर श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेल, प्रेस काउन्सिल नेपालको बोर्ड सदस्य चिरञ्जीवी मास्के, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रमेश खतिवडा, दोलखा जिल्ला अध्यक्ष दीपशङ्कर चौलागाई, प्रेस चौतारी नेपाल दोलखाका अध्यक्ष प्रभु जिरेल, प्रेस युनियन दोलखाका अध्यक्ष सुजन काफ्ले, प्रेस सेन्टरका नेता शिवकुमार भुजेल, पत्रकार ताराबहादुर महत, टुकी संघ दोलखाका पुरुषार्थ श्रेष्ठ, मिलिजुलि कालिञ्चोक साकोसका अध्यक्ष कृष्ण बहादुर गौतम लगायतको सहभागिता रहेको थियो ।