नक्कली नोट छाप्ने मेसिनसहित बनेपाबाट एक युवक पक्राउ

1.2k
Shares

काठमाडौँ।

प्रहरीले नक्कली नोट छाप्ने मेसिनसहित एक युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बनेपा नगरपालिका-५ मा एचएम मोबाइल केयर सेन्टर मोबाइल पसल संचालन गर्दै आइरहेका बेथानचोक -३ का २५ वर्षीय सविन हुमागाईँ रहेका छन्।

जिल्ला प्रहरी परिसर ललितपुर र इलाका प्रहरी कार्यालय बनेपाबाट खटिएको संयुक्त टोलीले उनलाई शुक्रबार दिउँसो पक्राउ गरेको हो।

प्रहरीले पैसा छाप्ने मेसिन, एकहजार दरका ६९ थान, पाँच सयको-१ थान , आइफोन १ थान, ल्याबटप एक थान,कलर प्रिन्टर १ थान बरामद गरेको छ ।