३ जना फरार प्रतिवादी पक्राउ

266
Shares

उदयपुर ।

 जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले बिहीबार अदालतबाट दोषी ठहर भई जरिवाना तोकिएका तीन जना फरार प्रतिवादीहरूलाई पक्राउ गरी फैसला कार्यान्वयनकारलागि जिल्ला अदालत उदयपुरमा बुझाएको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरले दिएको जानकारी अनुसार पक्राउ परेका फरार प्रतिवादीहरुमा जिल्ला अदालत उदयपुरबाट कुटपिट मुद्दामा २०६७ साल मंसिर २ गते दोषी ठहर भई ७ सय ५० जरिवाना तोकिएका त्रियुगा नगरपालिका ५ देउरी बस्ने वर्ष ४८ की मैया भन्ने माया चौधरी रहेकी छन् ।

यसैगरी उदयपुर जिल्ला अदालतको २०७० मंसिर ३० गतेको फैसलाले कुटपिट मुद्दामा.६ सय जरिवाना तोकिएका त्रियुगा नगरपालिका ५ देउरी बस्ने वर्ष २४ कामे पदमाकर शाक्य र सोही ठाउँ बस्ने जबरजस्ती करणी मुद्दामा जिल्ला अदालत उदयपुरबाट दोषी ठहर भई ६ सय जरिवाना तोकिएका वर्ष ३८ की श्याम कुमारी चौधरी रहेको जिल्ला प्रहरी कार्यालय  उदयपुरले जनाएको छ ।