सुन तस्करी प्रकरण : पूर्वउपराष्ट्रपति पुनका सल्लाहकार गुरुङविरुद्ध मुद्दा दर्ता

364
Shares

काठमाडौँ।

पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनका सल्लाहकार जीवन गुरुङविरुद्ध मुद्दा दायर भएको छ ।

विभिन समयमा त्रिभुवन विमानस्थलबाट बरामद भएको १३८ किलो सुन प्रकरणमा जोडिएका गुरुङविरुद्ध जिल्ला अदालत काठमाडौंमा शुक्रबार मुद्दा दायर भएको हो ।

१ अर्ब ४० करोड ५५ लाख ३० हजार बिगो बमोजिम जरिवाना र ५ वर्ष कैद सजायको मागदाबीसहित मुद्दा दायर भएको विमानस्थल भन्सार कार्यालयले जनाएको छ ।

उक्त सुन तस्करी प्रकरणमा यसअघि ९ जना विरुद्ध मुद्दा दायर भईसकेको छ । मुद्दा दायर भएका मध्ये ७ जना पुपर्क्षका लागि थुनामा छन् भने २ जना फरार छन् ।